आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लि. तथा सिराइचुली होटेल बिच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने हालै समझदारी भएको बैकले जनाइको छ । बैंकको डेबिट र क्रेडिट कार्ड वाहक, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता तथा सम्पूर्ण ग्राहकवर्गहरु सहित बैकका कर्मचारीहरूलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल लि., तथा सिराइचुली होटेल, नारायणगढमा हालै छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

एनपिआइ नारायणी सामुदायिक अस्पतालले दिने विभिन्न ओ. पि. डी., फार्मेसी, सी.टी. स्क्यान बाहेकका सेवामा शुल्कमा १० प्रतिशत छुट उपलब्ध हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्का र एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडका तर्फबाट अस्पतालका सञ्चालक विष्णु कुँवरले हस्ताक्षर गरेका थिए । त्यस्तै भरतपुर–१०, स्थित सिराइचुली होटेले फुड एन्ड बेभरेजमा १०% र आवास शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सोही नारायणगढ शाखा प्रमुख भेषराज खड्का र सिराइचुली होटेलका तर्फबाट सञ्चालक विष्णु घिमिरेले हस्ताक्षर गर्नुभयो । सेञ्चुरी कमर्सियल बैंक लि. चितवन जिल्लामा ६ वटा शाखाहरू – नारायणगढ लायन्स चोक, बेल चोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी बाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखा रहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया