आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

औषधि व्यवसायी संघले स्वास्थ्य सचिवलाई बधाई, व्यवसायी र सरकार बिच सुमधुर समवन्ध बिस्तार हुने

औषधि व्यवसायी संघले स्वास्थ्य सचिवलाई बधाई, व्यवसायी र सरकार बिच सुमधुर समवन्ध बिस्तार हुने
काठमाडौँ– नेपाल औषधि व्यवसायी संघ केन्द्रीयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नवनियुक्त स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई बधाई दिएका छन् । उक्त अवसरमा केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले सचिव पोखरेललाई बधाई दिँदै , व्यवसायी र सरकार बिच सुमधुर समवन्ध विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सचिव पोखरेललाई संस्थाको तर्फबाट बधाई एवं कार्यकालको पूर्ण सफलताका लागि ...

जोनसन एन्ड जोनसन कोभिड खोपले स्नायु प्रणालीमा समस्या देखा पर्न सक्ने चेतावनी

जोनसन एन्ड जोनसन कोभिड खोपले स्नायु प्रणालीमा समस्या देखा पर्न सक्ने चेतावनी
अमेरिकाको औषधि सम्बन्धी नियामक निकायले जोनसन एन्ड जोनसनको खोपले स्नायु प्रणालीसम्बन्धी एक प्रकारको दुर्लभ अवस्थाको जोखिम बढाउन सक्ने चेतावनी दिएको छ । अमेरिकी अनुदानमा सोमवार नेपाल भित्रिएको उक्त खोपबारे सरकारी संयन्त्रहरूले ’अनुसन्धान गर्ने’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक अधिकारीले बताएका छन् । अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले स्नायु प्रणाली शि...

काठमाडौँमा भेरोसेलको दोस्रो मात्रा खोप अभियान सुरु

काठमाडौँमा भेरोसेलको दोस्रो मात्रा खोप अभियान सुरु
काठमाडौँमा आजदेखि दोस्रो मात्राको खोप अभियान सुरु भएको छ । गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले आज असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन्। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाडौँ महानगर, नागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका,...

ways फार्मास्युटिकल्सले सबै भन्दा सस्तो मूल्यमा रेमडेसिविर उपलवध गराउन सफल भएको थियो 

ways फार्मास्युटिकल्सले सबै भन्दा सस्तो मूल्यमा रेमडेसिविर उपलवध गराउन सफल भएको थियो 
कोरोना सक्रंमण फैलिएसँगै संक्रमितको ज्यान बचाउन चिकित्सकहरूले प्रयोगमा ल्याएको  रेमडेसिविरका लागि ways , आयान हेल्थ केयर,हाम्रो मेडिकनर्सन , स्कावायर फर्मा तथा डी.के मेडिसिनले आयात अनुमति पाएको थियो । त्यस मध्ये ways फार्मास्युटिकल्सले बंगलादेशका उत्पादक ASI कम्पनीबाट आयातगरी रु ४,८०० मा सो औषधि उपल्वध गराउन सफल भएको थियो । सो सस्तो दरका रेमडेसिविर  उसले नर्भिक,नोबेल मेडिकल ...

एप्पोनबाटबाट प्राकृतिक प्रकोप तथा बाढी पीडितलाई ४० लाखको औषधि सहयोग

एप्पोनबाटबाट प्राकृतिक प्रकोप तथा बाढी पीडितलाई ४० लाखको औषधि सहयोग
नेपाल औषधि उत्पादक संघ (एप्पोन)ले आज एक समारोहका बिच प्राकृतिक प्रकोप तथा बाढी पीडितहरुकालागि ४० लाख बराबरको औषधि तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाइएको छ । संघले यस अघि पनि प्रत्येक प्राकृतिक प्रकोपमा औषधि जस्तो अत्यावसकीय सामाग्री सहयोग गर्दे आएको छ । सामाजिक उत्तर दायित्व बहन गर्दे संघले उक्त सहयोग नेपाल सरकार, स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सचिव लक्ष्मण ...

नेशनल हेल्थकेयरले पहिलो पटक रेमडेसिविर  उपल्वध गरायो 

नेशनल हेल्थकेयरले पहिलो पटक रेमडेसिविर  उपल्वध गरायो 
नेपाली स्वास्थ्य बजारका ६५ औषधि उत्पादक मध्ये नेशनल हेल्थकेयरले कोभिड बिरामीका लागि अति उपयोगी मानिएको रेमडेसिविर बजारमा उपल्वध गराउन सफल भएको जनाएको छ । कोभिड सक्रमण  बढेपछि   रेमडेसिविरको आपूर्ति आयातबाट हुने गरेको थियो । छिमेकी मुलुक बङ्गलादेश लगायतका राष्ट्रबाट आयात गरिएका   रेमडेसिविरको सरकारले ४,९०० रुपैयाँ तोकेको थियो । तर नेशनल द्धारा उत्पादन गरिएको रेमडेसिविर इन्जेक...

एंटीबायोटिक औषधिहरूको वढदो दुरुपयोग भएकोमा नेपाल चिकित्सकसंघको गम्भीर ध्यानाकर्षण

एंटीबायोटिक औषधिहरूको वढदो दुरुपयोग भएकोमा नेपाल चिकित्सकसंघको गम्भीर ध्यानाकर्षण
एन्टिमाइक्रोबिएल्स र एंटीबायोटिक औषधिहरूको वढदो दुरुपयोग भएकोमा नेपाल चिकित्सकसंघले एक विज्ञप्ति जारी गर्दे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भाइरस तथा ब्याक्टेरियाबाट मानव शरीरमा देखिने विभिन्न रोगहरूको उपचार तथा औषधि सेवनका लागि प्रचलित कानुन बमोजिम परिषदमा दर्ता भएका चिकित्सकहरूको सिफारिसमा मात्रै औषधि सेवन गर्नुपर्ने संघले सुझाएको छ । नेपालको स्वास्थ्य व्यवस्था जटिल बन्दै ...

दोस्रो मात्रा खोप समयमै लगाउन नपाउँदा उठेका प्रश्नमा विज्ञले दिएका जवाफ

दोस्रो मात्रा खोप समयमै लगाउन नपाउँदा उठेका प्रश्नमा विज्ञले दिएका जवाफ
भारतबाट खोपको आपूर्तिमा देखिएको असहजताले समयमै अक्सफर्ड आस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउनुपर्ने कार्य तालिकालाई गम्भीर रूपमा प्रभावित बनाएको छ । दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत ६५ वर्ष वा त्योभन्दा माथिको उमेर समूहका १३ लाख ६९ हजार ५ सय २२ जनाले गएको फागुन २३ देखि चैत १० गतेसम्म पहिलो मात्रा कोभिशील्ड खोप लगाएका थिए । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अक्सफर्ड आ...

सरकारले औषधि व्यवसायीलाई प्राथमिकताका साथ भ्याक्सिन नदिए औषधि पसल बन्द ःऔषधि व्यवसायी संघ

सरकारले औषधि व्यवसायीलाई प्राथमिकताका साथ भ्याक्सिन नदिए औषधि पसल बन्द ःऔषधि व्यवसायी संघ
कोरोना महामारीको दोश्रो लहर नेपालमा समेत भित्रिए पछि यसको संक्रमणबाट दिनानुदिन मृत्यु दरको तथ्याङ्क उच्च हुँदै गएकोमा औषधि व्यवसायी संघ  केन्द्रीयले चिन्ता व्यक्त गर्दे, औषधि व्यवसायीहरू फ्रन्टलाइन फाइटर भएकोले सरकारबाट प्राथमिकताका साथ भ्याक्सिन उपल्वध नगराइए औषधि पसल बन्द गर्नुको विकल्प नरहेको भनी चेतावनी दिएका छन् । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले स...

माटोपन घटाउन OBESLIM

माटोपन घटाउन OBESLIM
शहरी जीवनयापनमा कामको चाप र असन्तुलित भोजनले प्रायजसो व्यक्तिको शरीरमा अनावश्यक बोसोका कारण अत्यधिक मोटो देखिने गर्दछ । डाक्टरी सुझाव अनुसार प्राय मोटो व्यक्तिमा विभिन्न रोगहरू मध्ये टाइप २ मधुमेहको जोखिम अत्यधिक हुने गरेको पाइन्छ ।  त्यसकारण  ओम फर्मास्युटिकल्सले मोटोपनलाई सन्तुलनमा राख्न OBESLIM क्याप्सुल १२० मिली ग्राममा उपल्वध गराएको छ । विश्व स्वास्थ्य संगढनको शरीरको तौल ...